Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अवरुद्ध बेंसीसहर–चामे सडक सूचारु

अवरुद्ध बेंसीसहर–चामे सडक सूचारु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • १०:४०:५५ बजे
  • 1.6K
    SHARES
  • अवरुद्ध बेंसीसहर–चामे सडक सूचारु

    बेमौसमी वर्षापछिको पहिरोले अवरुद्ध बेसीसहर–चामे सडक सूचारु भएको छ । कात्तिक २ गते पहिरो जाँदा सडक अवरुद्ध भएको थियोे । तिमाङ झरनामा पुल निर्माण भएपछि मनाङभर सडक सुचारु भएको छ ।

    images

    तिमाङ झरनाको पुल मर्मत सम्पन्न भएसँगै बेसीसहर–चामे–खाङसार सडक पूर्णरूपमा सुचारू भएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनएको छ । बाढीपहिरोले क्षति पुर्‍याएको ठाउँमा मर्मत गर्नुका साथै खोला तथा खोल्सीमा अस्थायी काठेपुल निर्माण गरी आउजाउलाई सहज बनाएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

    उनका अनुसार जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधिले बाटो खुलाउन भूमिका निर्वाह गरेका थिए । प्रजिअ आचार्यका अनुसार भ्राताङभीर साथै भ्राताङ र तलेखुबीचको सडकमा विस्फोटक पदार्थ प्रयोग गरी सडक मर्मत गरिएको थियो ।

    अहिले माथिल्लो मनाङमा नेपालको जुनसुकै ठाउँबाट सीधै आउन सकिन्छ । बाढीपहिरोले चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको खोला, स्याल्क्युखोलाको अस्थायी काठे पुल, तिमाङखोला, बगरछाप एक्लेभट्टि, खोत्रो, निगालाघारी लगाायत १२ ठाउँमा क्षति पुर्‍याएको थियो ।

    सडक मर्मत गरिएपछि बेसीसहरदेखि मनाङ जाने सडक खुलेको डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तले बताए । ६५ किलोमिटरको बेसीसहर–चामे सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology