Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति

बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १३, २०७८ शनिवार • १५:४७:२८ बजे
  • 883
    SHARES
  • बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति

    बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडौँको नोक्सान भएको छ । अविरल वर्षाका कारण बाढीपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णालीले  जमिन कटाउन गर्दा जगन्नाथमा करोडौँको क्षति भएको छ । वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुँदै आइरहेको कार्यलयसमेत बगाएको थियो ।

    images

    बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा बढीको क्षति गरेको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए । बेमौसमी बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिनको सतह कटान गरेपछि गाउँपालिकाको कार्यलयमा पनि क्षति गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहिले बताए ।

    गाउँपालिका कार्यालय बगाउनुका साथै कार्यालयका सामग्रीसमेत बगाएको अध्यक्ष साहिले वताएका छन् ।

    २ कात्तिकमा अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नम्बर २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो ।

    बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका सात कोठा क्षतिग्रस्त बनेको छ ।

    अस्पताल समेत बगाउदा कार्तिक १ गते बाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ । अस्पताल सञ्चालन गर्ने ठाँउ नभएपछि दुईसाता देखी उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ ।

    उपचार सेवा बन्द भएपछि उपचारका लागि कोल्टि जानु परेको छ । गाउँपालिकाको कार्यलय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशीले बताए ।

  • सम्बन्धित विषय:

  • # बाढीपहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology