Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको सामुहिक बलात्कार घटना : जाहेरी परेको एक साताभन्दा बढी हुँदा पनि प्रहरीले चासो नदिएको पीडित महिलाको आरोप

म्याग्दीको सामुहिक बलात्कार घटना : जाहेरी परेको एक साताभन्दा बढी हुँदा पनि प्रहरीले चासो नदिएको पीडित महिलाको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ०८:१९:५४ बजे
  • 2.4K
    SHARES
  • म्याग्दीको सामुहिक बलात्कार घटना : जाहेरी परेको एक साताभन्दा बढी हुँदा पनि प्रहरीले चासो नदिएको पीडित महिलाको आरोप

    म्याग्दी बेनी–५ की २५ वर्षीया महिलाले छोराछोरीसहित घरमै सुतिरहेका बेला आफू ब ला त्कृ त भएको बताएकी छन् । कात्तिक २ गते राति १२ बजेतिर झ्यालबाट छिरेका तीन युवकले बलात्कार गरेको ती महिलाको भनाइ छ ।

    images

    आरोपित तीनै युवक फरार छन् ।  पीडित महिलाका अनुसार राति स्थानीय हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले ढोका ढकढक्याउँदै बोलाए । उनले ढोका खोलिनन् ।

    एक्कासि झ्याल फोडेर भित्र पसे । मदिराले लट्ठ ती युवकले छोराछोरीलाई कुटपिट गरे । ‘छोराको मुखमा सिरक राखेर उठ्न दिएनन्,’ उनले सुनाइन्, ‘मलाई अँठ्याएर पालैपालो बलात्कार गरे ।

    होहल्ला गरे घरसँगै सबैलाई जलाएर मार्ने धम्की दिए ।’ घटनालगत्तै प्रहरीलाई खबर गरे पनि नआएको उनको भनाइ छ । बलात्कारमा संलग्न प्रवेश र प्रकाश दसैं मान्न सहरबाट गाउँ फर्किएका थिए ।

    पीडित महिलाका श्रीमान् विदेशमा छन् । घटना सार्वजनिक भएपछि आरोपित बानियाँका बुबासहित अन्यले १ लाख रुपैयाँ दिएर घटना गुपचुप राख्न दबाब दिएको पीडित महिलाले बताइन् ।

    विभिन्न प्रलोभन, डर, धाक, धम्की दिइए पनि पर्सिपल्ट कात्तिक ४ मा ती महिलाले जिल्ला प्रहरी कार्यालय पुगेर ३ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि मात्रै प्रहरी घटनास्थल पुगेको थियो । त्यतिबेलासम्म घटनामा संलग्न तीन जना नै मोबाइल बन्द गरेर फरार भइसकेका थिए ।

    जाहेरी परेको एक साताभन्दा बढी भइसक्दासमेत प्रहरीले आरोपितको खोजीमा चासो नदिएको पीडित महिलाको आरोप छ । ‘सयौं दबाब र प्रलोभन झेल्दै किटानी जाहेरी दिएकी हुँ,’ पीडित महिलाले भनिन्, ‘अहिले पनि बयान फेर्न दबाब आइरहेको छ ।

    गाउँ फर्केर जान सक्ने अवस्था नरहेकाले उनलाई बेनीस्थित हिंसापीडित आश्रममा राखिएको छ । जिल्ला प्रहरी प्रमुख श्यामकुमार राईले फरार आरोपितको खोजी भइरहेको बताए ।

    ‘पीडित पक्षलाई दबाब आइरहेको भन्ने सुनेका छौं,’ उनले भने, ‘बलात्कारजस्तो अपराधमा संलग्नलाई उम्कन दिन्नौं ।’यो समाचार कान्तिपुरले लेखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology