Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते,दुईको अवस्था गम्भीर

डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते,दुईको अवस्था गम्भीर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ११:२१:१० बजे
  • 964
    SHARES
  • डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते,दुईको अवस्था गम्भीर

    डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन् । आलिताल गाउँपालिका–१ स्थित घण्टेश्वर मन्दिर नजिक ना ८ ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो । बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

    images

    बस सडकबाट करिब १ सय मिटर तल खसेको हो। बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

    डीएसपी नेपालका अनुसार घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

    घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology