Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्कीमा देउसीभैलो १० बजेसम्म, पटका निषेध

कास्कीमा देउसीभैलो १० बजेसम्म, पटका निषेध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • ०८:११:०१ बजे
  • 1.2K
    SHARES
  • कास्कीमा देउसीभैलो १० बजेसम्म, पटका निषेध

    तिहार नजिकिँदै छ । कोभिड थपिँदो छ । स्वास्थ्य मापदण्डसहित चाडबाड मनाउनुपर्ने नेपालीको बाध्यता छ । कास्की प्रशासनले पनि स्वास्थ्य मापदण्ड ख्याल गर्दै चाडबाड मनाउन निर्देशन जारी गरेको छ ।

    images

    कास्कीमा यस वर्ष राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो ।

    पटका, आतसबाजी, झिरझिरे, भुइचँम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ । यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ ।

    यस्तै, कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसीभैलो र नाचगान गर्न आग्रह पनि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # पटका निषेध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology