Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

थप ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७८ सोमवार • १६:१७:४५ बजे
  • 1.0K
    SHARES
  • थप ५३३ जना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

    देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।

    images

    यही अवधिमा थप ४९० जना सङ्क्रमणमुक्त बनेका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना सङ्क्रमणमुक्त बनिसकेका छन् ।

    नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१८ रहेको छ । पछिल्लो २४ घण्टामा थप ९ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

    हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ । थप ६५ हजार २८ जना कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् ।

    खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology