Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनलाग्दी मूल्यवृद्धि, तर सरकार मौन

मनलाग्दी मूल्यवृद्धि, तर सरकार मौन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ०८:३०:५० बजे
  • 853
    SHARES
  • मनलाग्दी मूल्यवृद्धि, तर सरकार मौन

    एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ ।

    images

    ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै किन सयको हाराहारीमा पुग्यो त ? जवाफ स्पष्ट छ, तिहार र छठपर्वमा चिनीको जहिले पनि अभाव हुन्छ ।

    यही अभावलाई मौकाका रूपमा लिँदै चौका हान्न व्यापारी कुरेर बसिरहेका हुन्छन् । सरकारलाई स्पष्ट रूपमा थाहा छ, हरेक तिहारमा चिनीको अभाव हुन्छ ।

    यस्तो अभाव हुन नदिन सरकारले पहिले नै सोचविचार गर्नुपर्ने हो । नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठको भनाइअनुसार साल्ट टे«डिङसँग मौज्दात चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्यवृद्धि भएको हो ।

    अध्यक्ष श्रेष्ठको यो भनाइले स्पष्ट पार्छ, सरकार उपभोक्ताको पीडा सुन्दैन, समस्या बुझ्दैन । उपभोक्ताको खल्ती’ मतलब राख्दैन । बरु उल्टै मौकामा चौका दाउ हान्न खोजिरहेका व्यापारी/व्यवसायीलाई साथ दिन्छ ।

    सरकारी निकायले थोरै मात्र अनुगमन गर्ने हो भने पनि यति साह्रो महँगी बढ्ने थिएन ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # मनलाग्दी मूल्यवृद्धि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology