Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • ०९:३९:५४ बजे
  • 1.1K
    SHARES
  • आजको राशिफल

    १६ कात्तिक, कात्तिक कृष्णपक्ष  द्वादशी । मध्यान्तरपछि त्रयोदशी प्रदोषव्रत, धनत्रयोदशी(धन्तेरस) आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती ।

    images

    तद्अनुसार २ नोभेम्बर, मंगलबार । उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा कन्या राशिमा, वैधृति योग, तैतिल करण छ ।

    आजको राशिफल :


    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
    मेष राशी भएकाका लागि मंगलबार मनमा प्रसन्नाता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजको दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद नगर्दा राम्रो हुन्छ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
    मन अशान्त, अध्ययन अध्यापनमा रुचि कम हुनेछ । आजको दिन कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्न सक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी छैन । यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
    परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशी भएकाका लागि आजको दिन मौन रहनु बेस हुनेछ । आफ्ना मित्रमण्डली र व्यापारव्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ त्यसैले मौन रहेर काम गर्दा बेस हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
    तपाईँको लागि आजको दिन अनुकल छ । धनप्राप्तिको योग बनेको छ । नयाँ बस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । विगतमा तपाईँप्रति राग राख्ने मित्रसमेत तपाईँलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । केही मित्रले सापट लिएका धनसमेत फिर्ता हुने सम्भावना छ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
    घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा राम्राे हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनमा बाधा उत्पन्न हुनसक्छ । तपाईँले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
    दाम्पत्य जीवनमा सुख, समृद्धि र चन्द्रमाको साथ भएकाले मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मानसमेत मिल्नेछ । तपाईँले गरेका कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईँले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने तपाईँको मनमा प्रशन्नता छाउनेछ ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
    समय अनुकूल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार  बढ्नेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशी भएकाकाले कुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
    व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रिबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईँको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
    तपाईँले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ।

    मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
    मकर राशी भएकाकाले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईँले आज आफ्नो बसोबास भएकाे स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा तपाईँले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
    आजको दिन अनुकूल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईँले सोचअनुसारको काममा कठिनाइ हुनेछ । व्यापारव्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) 
    दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरका सदस्यलाई कुनै नयाँ बस्त्र खरिद गरेर दिनुभयो भने उत्साह थपिने छ । आकस्मिक धनलाभ व्यापारव्यवसायबाट पनि फाइदा हुनेछ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology