Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १३:४४:३० बजे
  • 619
    SHARES
  • प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री

    प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।

    images

    कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम्मत चयन गरेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

    सम्मेलनको अवसरमा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन–मदन स्मृति’ पत्रकारिता पुरस्कार पत्रकार धिरन खत्रीलाई प्रदान गरिएको थियो ।

    सेन्टरले बि.स.२०७१ मा द्धन्द्धकालमा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन केसीको स्मृतिमा रु। एक लाखको कोष स्थापना गरेको थियो । भिमदत्त चलचित्रको बिशेष प्रर्दशनीबाट स्थापना भएको कोषमा गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएका सहिद मदन केसीका भाइ बिनोद केसीले पनि सहयोग गर्नुभएको थियो ।

    प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने पुरस्कार यसअघि कमल खत्री, ठाकुरप्रसाद आचार्य र घनश्याम खड्काले प्राप्त गरिसक्नुभएको छ । पुरस्कृत पत्रकार खत्री कारोबार दैनिक, एभिन्युज टेलिभिजन, सम्बृद्ध साप्ताहित, म्याग्दी अनलाइन र कोरला पोष्ट अनलाइनसँग आवद्ध हुनुहुन्छ ।

    शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेल, गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, संयोजक रेशम जुग्जाली लगायतले पुरस्कार बितरण गर्नुभएको थियो । सम्मेलन उद्घाटन समारोहमा मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभयो ।

    ‘समग्र बिकास र शुसासनका लागि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ’ उहाँले भन्नुभयो,‘प्रेस स्वतन्त्रता र पत्रकारिताको बिकासमा सरकार प्रतिवद्ध छ ।’ मन्त्री पौडेलले म्याग्दीको बिकासका साथै जलबिद्युत, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरि समाधानका उपाय पहिल्याउन पत्रकारिता मार्फत भूमिका निर्बाह गर्नुपर्ने बताउनुभयो ।

    बाग्लुङबाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्नुहुने मन्त्री पौडेलले म्याग्दी लगायत समग्र धौलागिरी क्षेत्रको बिकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो । सम्मेलनपछि भएको शिक्षक, बिद्यार्थी र शिक्षा बिकास तथा समन्वय इकाईका कर्मचारीहरुसँगको भेटघाटका क्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्रको समस्या समाधानमा सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

     

  • सम्बन्धित विषय:

  • # अध्यक्षमा कमल खत्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology