मयरपाटी- कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
लम्किचुहा नगरपालिकाका उनीहरु भरतबाट आएर २१ दिन क्वोन्टिन बसेपछि घर गएका थिए । सोमबार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भएको छ । क्वारेन्टिनमा रहेका २ सय ४२ मध्ये ९३ जनाको आरडीटी विधिबाट गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसमध्ये ५८ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको हो । तर, रिपोर्ट नआउँदै क्वारेन्टिनमा बसेकाहरु आन्दोलनमा उत्रिएपछि घर पठाइएको थियो । यसअघि पनि कैलालीकै घोडाघोडीमा क्वारेन्टिनमा बसेर घर गएका ३२ जनामा कोरोना पुष्टि भएको थियो ।