Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँको दुलेगौंडा बजारबाट पाँच जना जुवाडे प क्रा उ

तनहुँको दुलेगौंडा बजारबाट पाँच जना जुवाडे प क्रा उ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०७८ मंगलवार • १९:०२:२२ बजे
  • 667
    SHARES
  • तनहुँको दुलेगौंडा बजारबाट पाँच जना जुवाडे प क्रा उ

    तनहुँको दुलेगौंडा बजारबाट पाँच जना जुवाडे प क्रा उ परेका छन् ।

    images

    शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारमा रहेको थकाली भान्सा घरमा इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सूर्यबहादुर विक, उमेश नेपाली, मीनप्रसाद गैह्रे, कृष्ण रिमाल र ध्रुव राउतलाई जुवा खालबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए ।

    तिम्लिसिनाका अनुसार पक्राउ परेकाको साथबाट एक बुक ताससहित नगद ५८ हजार ४ सय ९५ रुपैयाँ पनि बरामद गरिएको छ । सोमबार पक्राउ परेका उनीहरूलाई प्रहरीले मंगलबार मात्र सार्वजनिक गरेको हो ।

    ‘जिल्ला प्रशासन कार्यालयबाट जुवा सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’, तिम्लिसिनाले भने । तिहार नजिकिएसँगै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवाडे पक्राउ गरिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology