Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • १०:०५:४२ बजे
  • 796
    SHARES
  • जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मत्यु भएको छ ।

    images

    नलगाड नगरपालिका–५ कालीमाटी बजारदेखि सामान लिएर बारेकोट गाउँपालिकातर्फ गइरहेको ट्याक्टर मंगलवार राति नलगाड–५ पोखरागाउँ नजिकै झुल्के डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा नलगाड नगरपालिका–५ पारीगाउँका ६० वर्षीय दलबहादुर खत्री, उनका छोरा ३२ वर्षीय सुरेश खत्री र चालक नलगाड–७ दल्लीका २५ वर्षीय चंखलाल बिक रहेका छन् ।

    प्रहरी नायव डीएसपी मधुकुमार थापाका अनुसार सडकबाट करिब ५ सय मिटरको तल तीन जनाको लाश फेला परेको थियो ।

    दुर्घटनामा ट्याक्टरका सहचालक नलगाड–७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएको र निजलाई हाल प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याएर उपचार थालिएको डिएसपी थापाले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology