Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङको दोर्दी गाउँपालिकामा टोलटोलमै सामाजिक सुरक्षा भत्ता वितरण

लमजुङको दोर्दी गाउँपालिकामा टोलटोलमै सामाजिक सुरक्षा भत्ता वितरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • ११:१२:२२ बजे
  • 712
    SHARES
  • लमजुङको दोर्दी गाउँपालिकामा टोलटोलमै सामाजिक सुरक्षा भत्ता वितरण

    लमजुङको दोर्दी गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले नागरिकलाई सहज बनाउन टोलटोलमा पुगेर भत्ता वितरण गरेको हो ।

    images

    गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बैंकसम्म आउन नागरिकलाई असहज हुने भएकाले टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो । गाउँपालिकाले १ नम्बर वडादेखि ९ सम्मका नागरिकलाई टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरेको छ ।

    अशक्त र अपांगता भएकालाई भने घरमै पुगेर प्रदान गरिएको हो । ग्लोबल आईएमई बैंक नौथर शाखाको समन्वयमा टोलटोलमा पुगेर प्रदान गरेको गाउँपालिकाले जनाएको छ । नागरिकलाई दशैं लगत्तै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो ।

    अशक्त र अपांगता भएका नागरिकलाई बैंक सम्म आउन समस्या हुने भएकाले वडाको पायक पर्ने ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिइएको हो ।

    नौथरसम्म आउन केही गाउँका नागरिकलाई १ दिन लाग्ने भएकाले विकटतालाई मध्यनजर गरी उक्त व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताए ।

    गाउँपालिकामा २ हजार ८ सय ८० जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । बृद्धबृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology