Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुखुरालाई ताकेको बन्दुकले जब श्रीमती नै ढलिन्

कुखुरालाई ताकेको बन्दुकले जब श्रीमती नै ढलिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • १३:४६:०५ बजे
  • 748
    SHARES
  • कुखुरालाई ताकेको बन्दुकले जब श्रीमती नै ढलिन्

    गुल्मीमा दुई दिनअघि जंगलमा वन कुखरा मार्न भनि एक पुरुषले ताकेको बन्दुकको छर्रा लागेर उनकै श्रीमती ढलेकी छन् । गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    कार्तिक १५ गते राति करिव १० बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका–४, बडागाउँ काप्भलाका दिपक काउछा र उनकी ४२ वर्षीय श्रीमती वसन्ती काउछा घरबाट २ सय मिटरको दुरीमा पर्ने धारापानी जंगलमा वन कुखरा मार्न बन्दुक बोकेर गएका थिए ।

    सोही क्रमममा वन कुखुरालाई प्रहार गरेको गोलीको छर्रा उनकै पत्नीको ढाडमा लागेको थियो । घटनास्थलमै घाइते भएर ढलेकी वसन्तीको हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    पारिवारिक स्रोतका अनुसार उनको पेटबाट गोलीका ४÷५ वटा छर्रा निकालिएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त घटनाबारे प्रहरीलाई मंगलबार मात्र जानकारी भएको हो ।

    बन्दुक प्रहार गर्ने दिपक सो घटनालगत्तै फरार भए पनि प्रहरीले सोही वडाको गजुङ्गा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # जब श्रीमती नै ढलिन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology