Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए ४४७ कोरोना संक्रमित, ७ जनाको मृत्यु

२४ घन्टामा थपिए ४४७ कोरोना संक्रमित, ७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १७, २०७८ बुधवार • १७:०७:३० बजे
  • 727
    SHARES
  • २४ घन्टामा थपिए ४४७ कोरोना संक्रमित, ७ जनाको मृत्यु

    नेपालमा बुधबार थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ६ हजार ५७७ पिसिआर परीक्षणका क्रममा ३९५ र ३ हजार ३३६ एन्टिजेन परीक्षणका क्रममा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८ हजार ५५४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ३९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९३ हजार २७१ जना निको भएका छन् ।

    हाल नेपालमा ९ हजार १२३ सक्रिय संक्रमित आइसोलेसन र १२१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology