Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कदा.......

२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कदा.......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १८, २०७८ बिहिवार • ११:३७:१३ बजे
  • 511
    SHARES
  • २० वर्षपछि सुकेको मुहानबाट पानी निस्कदा.......

    सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन् ।

    images

    खाने पानी सुकेको लामो समय भएको भएता पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताए ।

    विगतका केही वर्षदेखि अदानचुली गाउँपालिकामा खानेपानीको हाहाकार हुने गरेको र अहिले मुहान सुकेको २० वर्षपछि छरिटापाटा धलपुरको मुहानमा पानी निस्केको र पानीले ठूलो राहत गरेको वडा नम्बर ३ का अध्यक्ष दत्त विष्टले बताए ।

    अदानचुली गाउँपालिकाको केन्द्रमा रहेको रोकाया गाउँभन्दा १० मिनेटको दूरीमा रहेको मुहानमा पानी निस्किएपछि स्थानीयले अस्थायी पाइप जडान गरेर धारा निर्माण गरेको प्रमद बोगटीले बताए ।

    मुहानको पानीबाट तीन सय घरधुरी लाभान्वित भएका छन् । पानी आउन थालेपछि अब स्थानीयलाई खानेपानी, कपडा धुन र पशुवस्तुलाई पिलाउन सहज भएको हो ।

    मुहानबाट आएको पानी स्थानीयले निर्माण गरेको अस्थायी पाइपको धारामा खसेपछि अदानचुली रोकाया गाउँवासीले खुसीयाली मनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # २० वर्षपछि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology