Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज नेपाल संवत ११४२, म्हः (आत्म) पूजा पनि गरिंदै

आज नेपाल संवत ११४२, म्हः (आत्म) पूजा पनि गरिंदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • ०९:४७:५२ बजे
  • 922
    SHARES
  • आज नेपाल संवत ११४२, म्हः (आत्म) पूजा पनि गरिंदै

    आज नेपाल संवत ११४२ । यो संवत प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ । नेपाल संवत् ११४२ का अवसरमा आज देशभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ ।

    images

    यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात् गराएका थिए ।

    नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धर बताउँछन । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।

    विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरुमा विशेषरुपमा मनाउने गरिन्छ ।

    गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साँख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

    विसं २०६५ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा अझै पनि काठमाडौँमा कायमै छ ।

    आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले आफ्नो आत्म (म्हः) पूजा गर्छन ।

    मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रसंम्मत भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन पनि सार्थक हुने धार्मिक विश्वास छ ।

  • सम्बन्धित विषय:

  • # आज नेपाल संवत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology