Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • १०:११:१६ बजे
  • 556
    SHARES
  • छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

    बारेकोट गाउँपालिक(७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् ।

    images

    तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मी सिंहसहित खसेकी हुन् ।

    खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए ।

    मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको उनले बताए ।

    छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खोलामा खसेर बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology