Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १८३ जनामा कोरोना पुष्टि, ६४९ जना संक्रमणमुक्त

थप १८३ जनामा कोरोना पुष्टि, ६४९ जना संक्रमणमुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०७८ शुक्रवार • २१:१०:४७ बजे
  • 727
    SHARES
  • थप १८३ जनामा कोरोना पुष्टि, ६४९ जना संक्रमणमुक्त

    नेपालमा शुक्रबार थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३०७ पिसिआर परीक्षणका क्रममा १७४ जना र २ हजार ५३७ एन्टिजेन परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा ११ हजार ४३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    २४ घन्टाको अवधिमा थप ६ सय ४९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९४ हजार ४ सय ३८ जना निको भएका छन् ।

    हाल ८ हजार ४ सय १३ सक्रिय संक्रमित आइसोलेसन र १ सय १५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology