Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तिहारको मौकामा जुवातास खेलिरहेको अवस्थामा १०० जना पक्राउ

तिहारको मौकामा जुवातास खेलिरहेको अवस्थामा १०० जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • ०९:०८:३३ बजे
  • 637
    SHARES
  • तिहारको मौकामा जुवातास खेलिरहेको अवस्थामा १०० जना पक्राउ

    तिहारको मौकामा जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले देशका विभिन्न स्थानबाट १०० जना पक्राउ परेको जनाएको छ ।

    images

    काठमाडौं महानगरपालिका ६ नयाँ बस्ती ओलाङचुङ्गोला गुम्बा नजिक डेरा गरी बस्ने सागर लामाको कोठामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ५१ वर्षीय माधब आर्चाय लगायत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उक्त कोठामा कौडा खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ३२ हजार ५ सय रुपैयाँ र ४८ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

    कपिलबस्तु, बाणगंगा नगरपालिका २ लेखबेशी होटलमा जुवा खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ३३ वर्षीय रमेश भट्टराई लगायत १२ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ७ सय ४५ रुपैयाँ र २ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी कपिलबस्तु बाणगंगा नगरपालिका १ स्थित किशोर जंग पुनको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ बर्षीय उदय अधिकारी लगायत १८ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ४२ हजार ३ सय ८० रुपैयाँ र ३ थान पासा सहित फेला पारी पक्राउ गरेको हो ।

    रुकुम पश्चिम, मुसिकोट नगरपालिका १ मठ बस्ने ४३ वर्षीय उत्तम खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा उत्तम लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उक्त घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार २ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ८ कबडहल बस्ने ६३ वर्षीय गोबिन्द बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा गोबिन्द समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७२ हजार ४ सय ५० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ तेलकोट वेसीटोल बस्ने ४० वर्षीय दिपक कुमार तामाङको मंगोलियन वेभ रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा दिपक लगायत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उक्त बारमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ६८ हजार ३ सय ९० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    लमजुङको बेसिशहर नगरपालिका(३ गाउँशहर बस्ने २९ वर्षीय सन्तोष बोहोराको घरमा कौडा खेलिरहेको अवस्थामा सन्तोष समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद १ लाख ५६ हजार ५ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

    गोरखाको गोरखा नगरपालिका ८ चाईनिजधारा बस्ने २९ वर्षीय मन्दिप श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा मन्दिप लगायत ९ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अव्स्थामा नगद १ लाख १ हजार ८ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology