Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज भाईटिका : दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै

आज भाईटिका : दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • ०९:१३:१५ बजे
  • 715
    SHARES
  • आज भाईटिका : दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै

    यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ ।

    images

    यसबर्ष भाई टिकाको उत्तम साईत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ । साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट गरेको छ ।

    दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।

    पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मान पुर्बक पुजाआजा सहित भाईटिका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ ।

    टिकामा साईतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाईलाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस, मसला तथा सेलरोटी खुवाउने चलन छ ।

    दिदी बहिनीले टिका लगाई दिएपछि दाजुभाईहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गरिन्छ ।

    भाइटीकाका दिन भाइलाई दिदीबहिनीले कालको मुखबाट समेत बचाइ दिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा आराम गर्न र टीका लगाउन आउने पौराणिक विश्वास छ । यसै दिनको सम्झनामा आज दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिष्ठान्न भोजन गराउने गरिन्छ ।

    दिदीबहिनीले लगाई दिने रंगमा सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो निरोगिताको प्रतिक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन ।

  • सम्बन्धित विषय:

  • # आज भाईटिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology