Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीकाे बालगृहमा सामूहिक भाइटीका

म्याग्दीकाे बालगृहमा सामूहिक भाइटीका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०७८ शनिवार • १५:५१:३० बजे
  • 1.5K
    SHARES
  • म्याग्दीकाे बालगृहमा सामूहिक भाइटीका

    म्याग्दीकाे बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रुपमा भाइटीका लगाएका छन् ।

    images

    नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन् ।

    अष्टे«लियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरिएको हो ।

    बालगृहका बालबालिकालाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताउनुभयो ।

    म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकबिहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।

    नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आवद्ध चेलीहरुलाई धन्यवाद दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # म्याग्दीकाे बालगृह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology