Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मौसममा : सामान्य बदली

मौसममा : सामान्य बदली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०८:३१:५८ बजे
  • 1.0K
    SHARES
  • मौसममा :  सामान्य बदली

    हाल नेपालको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणाली छैन ।

    images

    आज बिहान पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ ।

    त्यस्तै आज राति प्रदेश १, बागमती र गण्डकीको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य प्रदेशको मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    सोमबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सामान्य बदली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology