Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देउँसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा २ जनाको मृ-त्यु

देउँसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा २ जनाको मृ-त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०८:४१:१२ बजे
  • 556
    SHARES
  • देउँसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा २ जनाको मृ-त्यु

    तिहारका बेला देउँसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं १९ स्थित नेवारपानीमा गएराति उक्त दुर्घटना भएको हो । 

    images

    दुर्घटनामा २ जनाको मृत्यु र ५ जना घाइते मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवनका ३४ वर्षीय प्रेमबहादुर सिंह रहेका छन् ।

    उनीहरुकाृ घटनास्थलमै मृत्यु भएको हो । यसैगरी घाइते हुनेमा हेटौंडा– १९ का १६ वर्षीय संगम नेपाली, ३५ वर्षीया तुलशा विष्ट, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन् ।

    तीमध्ये २ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको र अन्यको हेटौँडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    गए राति करिब ११ बजेतिर हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले ठक्कर दिएको थियो ।

    बस अनियन्त्रित भएर देउसी खेलिरहेकाहरूको समूहमा पुगेर ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनापछि रूष्ट स्थानीयहरूकाे भीडले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology