Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि बिहीबारदेखि तनहुँको देवघाट गाउँपालिका सिल

समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि बिहीबारदेखि तनहुँको देवघाट गाउँपालिका सिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २९, २०७७ बिहिवार • १३:०६:३४ बजे
  • 1.3K
    SHARES
  • समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि  बिहीबारदेखि तनहुँको देवघाट गाउँपालिका  सिल
    तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ। कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले बिहीबारदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो।

    भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। संक्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए।

    'संक्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ। धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो', थापाले भने।

    थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ। संक्रमित व्यक्तिले मंगलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ।

    उनको सम्पर्कमा आएका ४३ जनाको बुधबार स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणको लागि भरतपुर पठाइएको छ।

    अर्का संक्रमित ३० वर्षीय पुरुष काठमाडौँमा सरकारी जागिरे थिए। आफू कार्यरत कार्यालयका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि उनी होमक्वारेन्टिनमा बस्दै आएका थिए।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले कन्ट्याक्ट ट्रेसिङ गरेर थप व्यक्तिको स्वाब संकलन आइतबार गरिने जानकारी दिएका छन्।

    भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि मंगलबार दुई जना समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि भएको थियो।भानु नगरपालिकाले मंगलबारदेखि नै एक साताका लागि नगरक्षेत्र सिल गरिसकेको छ।

    यसैगरी देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि क्षेत्र विकास समितिको कार्यालय आजदेखि बन्द गरिएको छ।समितिले बुधबार सूचना निकालेर भदौ ४ गतेसम्म समितिको नियमित कार्य सञ्चालन बन्द गर्ने जानकारी गराएको छ।

    समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि समितिका पदाधिकारी एवं कर्मचारी उच्च जोखिममा रहेको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले समितिको कार्यालय बन्द गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए।

    अत्यावश्यक सेवाअन्तर्गत दाहसंस्कार व्यवस्थापन कार्य र देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा प्रदान गरिने सेवा भने यथावतरुपमा सञ्चालन हुने घिमिरेले बताएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology