Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रगतिशील बिचारका विष्णु देवकोटा : कामीको छोरीसङ खुट्टा ढोगेर भाइटिका लगाए भन्छन् परिवर्तनको संम्बाहक बनौ

प्रगतिशील बिचारका विष्णु देवकोटा : कामीको छोरीसङ खुट्टा ढोगेर भाइटिका लगाए भन्छन् परिवर्तनको संम्बाहक बनौ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०९:५६:१७ बजे
  • 1.7K
    SHARES
  • प्रगतिशील बिचारका विष्णु देवकोटा  : कामीको छोरीसङ खुट्टा ढोगेर भाइटिका लगाए भन्छन् परिवर्तनको संम्बाहक बनौ

    जातीय छुवाछूत र विभेद विरुद्ध पछिल्लो समय प्रगतिशील बिचारका गैर दलित पण्डित , युवाहरूले कुनै कुनै समाजमा सकारात्मक सन्देश जानी खालको कामको सुरुवात गरेका छन् ।

    images

    हुन त पछिल्लो समय दलित समुदाय माथि जातीय विभेद र हत्याका घटनाले दलितहरू आन्दोलित र आक्रोशित छन् गैर दलित भित्र पनि जातीय छुवाछूत जस्तो जघन्य अपराधलाई हटाउन केही गैर दलितहरू लाग्दै गर्दा उनीहरूलाई दलितहरूले नै सिङ्गो मोर्चामा सँगै लिएर र साथ लिएको जस्तो देखिँदैन । तर पछिल्लो गैर दलित केही युवाहरू खुलेर नै जातीय विभेद गलत हो भनी समाजमा सकारात्मक सोच र परिवर्तनको लागि परेको केही उदाहरण देख्न सकिन्छ ।

    यस्तै उदाहरण बनेका छन् दाङका विष्णु देवकोटा । आफू ब्रामण परिवारमा जन्म लिए पनि जातीय छुवाछूत र उच निचको भावना र जात नमान्ने देवकोटाले जात व्यवस्थामा आधारित छुवाछुत तथा गैह्र मानवीय व्यवहार विरुद्धमा दाङमा विद्रोह नै सुरु गरेका छन् ।

    जात व्यवस्थामा आधारित वर्ण व्यवस्थामा कथित सर्वोच्च जाति मानिएको उपाध्याय ब्राह्मणले जात व्यवस्थामा निम्न टोकिएको मानिएको कथित अछुत कामी समुदायको छोरी लाई भाइटिका लगाई जातीय विभेद रहित समतामूलक समाज निर्माणका लागि सांस्कृतिक विद्रोहको सुरुवात नै भएको हो ।

    विगत लामो समय देख सञ्चार क्षेत्रमा क्रियाशील घोराही उपमहानगरपालिका वडा नं १० निवासी बा्राम्हण समुदायका युवा विष्णुकुमार देवकोटा शर्मा उपाध्यायले घोराही उपमहानगरपालिका वडा नं १३ बस्ने कामी समुदायकी प्रीति स्वर्णकार लाई विगत ५ वर्ष देखि भाइ टिका लगाउँदै आउनुभएको देवकोटाले सामाजिक सञ्जाल मार्फत खुलासा गरेका छन् ।

    यस वर्ष पनि विश्वकर्मा बैनीसँग भाइटिका लगाएको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्:

    p1.jpg

    कथित दलित समुदाय कामीको छोरी संग मैले भाइ टिका लगाएँ । (हाम्रो घरको समस्या हो, हामी मिलाउँछौ । ) ऊँकार परीवार भित्रकै हाम्रै सहोदर सगोत्री मेरो प्रिय बहिनी प्रीति स्वर्णकारको हात बाट करिब ५ वर्ष देखि निरन्तर भाइ टिका लगाई रहेको छु । म यसमा खुसी छु हाम्रो पारिवारिक सम्बन्ध छ ।

    घरमा आव जात समेत रहेको जानकारी गराउँदा छु । परिवर्तनको संवाहक बनौँ, परिवर्तनलाई आत्मा सात गरौँ, छुवाछुतरहित समाजको निर्माण गरौँ ।

    (प्रचार गरेको होइन, प्रसार गरेको हो ) प्रीति स्वर्णकार पनि सञ्चार कर्मी तथा कलाकार हुनुहुन्छ । देवकोटाले सामाजिक सञ्जालमा भाइ टिका लगाएको तस्बिर सार्वजनिक गर्दै ऊँकार परिवार भिक समस्या घर भित्रका समस्या भएको भन्दै ऊँकार परिवार भित्रै बाट समस्याको समाधान हुने र त्यो आफ्नै पालामा संभव हुने बताउनुभयो ।

    दलित तथा गैह्र दलित राष्ट्रिय साझा सञ्जालको केन्द्रिय अध्यक्ष समेत रहनुभएको देवकोटाको परिवार लाही दाङमा विद्रोही परिवार भनेर पनि चिनिन्छ । एउटै धर्म मान्ने, एउटै देवताका स्वरूप पुज्ने एउटै परिवार भित्रको अर्क समुदाय कसरी अछुत हुन सक्छ ? भन्दै देवकोटाले समाजबाट छुवाछुत तथा जातीय विभेद अन्त्य गर्न दलित तथा गैर दलितहरू एक हुन जरुरी भएको दाबी गर्नुभयो ।

    हरेक मन्दिरहरूमा शास्त्र अध्ययन गरेको दलित समुदायबाट एक जना अनिवार्य पुजारी वा सहायक पुजारी हुनुपर्छ भन्दै अभियान समेत सुरु गर्नुभएका देवकोटाले मन्दिर व्यवस्थापन समितिमा अनिवार्य दलित समुदायको व्यक्तित्वको सहभागिता सुनिश्चित गर्न आह्वान समेत गर्नुभयो ।

    मेरो घरमा यसै वर्ष लाखबत्ति प्रज्वलन, व्रतबन्ध तथा ग्रहशान्ति पूजन कार्य सम्पन्न हुँदै छ जन्मा दलित समुदायबाट पुजारीको घोषणा गर्दछु देवकोटाले भन्नु भयो। ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology