प्रहरीले भक्तपरमा जुवा खालबाट १२ लाख सहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । गए राति जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउन गरेको हो ।
भक्तपुरको भाँगुनारायण नगरपालिका–८ सुडाल पुरागाउँस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवा खेलीरहेको अवस्थामा छापा मार्दा उनीहरुको साथबाट १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ सहित २ बुक तास पनि बराम गरिएको छ ।
पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खेल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ वर्षीय राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्।
मणिराम पुरीले यसअघि पनि पटकपटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए।