Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बस दुर्घटनाः मृत्यु हुनेको संख्या १२ जना पुग्यो

बस दुर्घटनाः मृत्यु हुनेको संख्या १२ जना पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १५:४५:१८ बजे
  • 1.9K
    SHARES
  • बस दुर्घटनाः मृत्यु हुनेको संख्या १२ जना पुग्यो

    सल्यानको कपुरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

    images

    मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिएका छन् ।

    मृत्यु भएकाहरुको सनाखत भइ नसकेको उनको भनाई छ । सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

    दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

    अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिए । तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

    बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology