Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाउँपालिकाको एम्बुलेस दुर्घटना, १ जनाको मृत्यु

गाउँपालिकाको एम्बुलेस दुर्घटना, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १५:५६:४० बजे
  • 520
    SHARES
  • गाउँपालिकाको एम्बुलेस दुर्घटना, १ जनाको मृत्यु

    ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नं को एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो ।

    images

    त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । एम्बुलेन्समा चालकसहित सात जना सवार थिए ।

    अरु छ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिएका छन् ।

    मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एम्बुलेस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology