Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जुवातास खेलिरहेको अवस्थामा ७९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७९ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १७:३४:३१ बजे
  • 658
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा ७९ जना पक्राउ

    । काठमाडौको चन्द्रागिरी नगरपालिका १४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवातास खेल्न प्रयोग भएको गलैचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो ।

    त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

    बाँके, नेपालगंज उपमहानगरपालिका(१३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा केही मानिसहरु जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # जुवातास खेलिरहेको
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology