म्याग्दीको बेनी नगरपालिका वडा नंं ५ पुलाचौरमा घरमा सुतिरहेका अवस्थामा एक महिलालाई बलात्कार गरेर फरार भएका तीन जना युवाहरुलाई अलगअलग ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजालमा बलात्कार गरेर फरार भएका तीन जना युवाहरुको पक्राउ गर्न ढिलो भएको भन्दै म्याग्दी प्रहरीको व्यापक बिरोध भएको थियो ।
गत कात्तिक २ गते आफ्नै घरमा सुतिरहेकी महिलाको घरको झ्याल फोडेर तीन युवकले मुखमा कपडा कोचेर आफ्नै बालबच्चाको अगाडी पालैपालो बलात्कार गरेको महिलाले जाहेरी दिएपछि युवाहरु फरार भएका थिए ।
पीडित महिलाले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा किटानी जायरीमा स्थानीय यूवा हिक्मत बानियाँ, प्रवेश विक र प्रकाश विकले आर्थिक प्रलोभन र विभिन्न धम्की देखाएर पालैपालो जवरजस्ती गरेको बताएपछि प्रहरीले खोजीकार्य तिब्र पारेको थियो ।
घटना लगत्तै फरार भएका आरोपीलाई जिल्ला बाहिरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो ।‘हामीले ल्याउँदैछौ,‘कानुनी प्रक्रिया अगाडी बढिसकेको छ’ प्रनाउ राईले भन्नुभयो । प्रहरीले आरोपीको घर आसपासमा निरन्तर निगरानी सहित सम्भावित क्षेत्रहरुमा खोजीकार्य तिब्र पारेको थियो ।
किटानी जायरी दर्ता लगत्तै प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । श्रीमान विदेशमा भएको मौका छोपी छोराछोरीकै अगाडी यौनजन्य गतिविधि गरेको भन्दै पीडित महिलाले न्यायको याचना गर्नुभएको थियो । घटनाको पर्सिपल्ट कात्तिक ४ महिला प्रहरीको सम्पर्कमा आउनुभएको थियो ।
पीडित महिलालाई अहिले सदरमुकाम बेनीबजारमा रहेको हिंसापीडित आश्रममा राखिएको छ । बलात्कार निकृष्ट अपराधलाई पनि सामाजिक प्रतिष्ठा र दबाबका नाममा अभियुक्तहरूलाई सजायको कठघरामा ल्याउन कानुनी प्रक्रियामा कुनै कमी हुनदिन समेत अपिल गरेका छन् । प्रहरीले जवरजस्ती करणी मुद्दा दर्ता गरिने प्रनाउ राईले बताउनु भयो ।