लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा एक जनाको ज्यान गएको छ ।
दुई जना बिरामी भएका छन् । साग भनेर धतुरोको तरकारी खादा ८३ पवित्रा खड्काको मृत्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए ।
तरकारी खाएर बेहोस भएका धनकुमारी अधिकारी र ठगीमाया भण्डारीको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भएको छ । दुवै जना उपचारपछि घर फर्किएका छन् ।
आइतबार साँझ खानासँग धतुरोको तरकारी खाएका उनीहरू राति बेहोस भएको डिएसपी कार्कीले बताए । उनका अनुसार सोमबार बिहान अबेरसम्म ढोका नखोलेपछि छिमेकीले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए ।