बारामा हुन्डी कारोबारी गर्ने एक जनालाई पक्राउ गरेका छन् ।
उनलाई २० लाख सहित प्रहरीले पक्राउ गरेको हो । बारा बिश्रामपुर गाउँपालिका–५ बकटुवा घर भएका ३१ वर्षीया चन्दज कुमार साहलाई प्रहरीले वीरगञ्जको घन्टाघरस्थित सडकबाट पक्राउ गरेको हो ।
घन्टाघरबाट आदर्शनगर जाँदै गरेको ना ४८ प ७६९१ नम्बरको मोटरसाइकललाई कार्यालयबाट खटिएको प्रहरीले शंका लागेपछि पक्राउ गरेको थियो ।
उनलाई नियन्त्रणान लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूर अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।