Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा जिप दुर्घटना हुँदा चार जना घाइते

म्याग्दीमा जिप दुर्घटना हुँदा चार जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • १९:२१:४२ बजे
  • 982
    SHARES
  • म्याग्दीमा जिप दुर्घटना हुँदा चार जना घाइते

    म्याग्दी/ बागलुङको तमानखोला गाउँपालिका वडा नं ४ लाम्मेलाबाट म्याग्दीको दरबाङ तर्फ आउँदै गरेको निजी बोलेरो जिप मालिका गाउँपालिका ४ ओखरबोटमा दुर्घटना भएको छ ।

    images

    ध १ च १९५ नम्बरको बोलेरो जिप मंगलबार दिउँसो करिव २ बजेको समयमा ओखरबोट स्थित ढोरढोरे खोल्सामा ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार घाइते हुनेमा तमान खोला गाउँपालिका–४ की ७२ बर्षिया पोपसरा बुढा मगर ,१३ बर्षिय हेलिस बुढा मगर ,२० बर्षिय मिलन बुढा मगर र ४२ बर्षिया टकसरा बुढा मगर रहेका छन् ।

    घाइते चारै जनालाई थप उपचारका लागि प्रभु हेलीकप्टरबाट काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको छ । मालिका ४ का वडा अध्यक्ष दिलिप कुमार शेरचनको पहलमा तत्कालै हेलिकप्टर बोलाइएको थियो ।

    बोलेरो जिप सडकमा ब्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोकिन पुगेको थियो । स्थानीयका अनुसार जिपमा चालक सहित ७ जना सवार थिए। 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology