Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • ०८:१८:२० बजे
  • 835
    SHARES
  • आजको राशिफल

    आजको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    कामका सोच अनुसार प्रतिफल प्राप्त हुनेछ । सामानसम्मान मिल्नेछ । तपाईंले गर्नुभएको कामको सम्मान हुने छ । सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका भएकाले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । कात्तिकमा तपाईँले देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    तपाईंका लागि आजको दिन त्यति अनुकूल छैन । मानसिक चिन्ता, असन्तुष्टि रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु उत्तम हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईँको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर यात्रा गरेमा आजको दिन तपाईंका लागि अनुकूल हुनसक्छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    परिवार र आफन्तजनमा विवाद हुनसक्छ । त्यसैले मिथुन राशी भएकाले आजको दिन मौन रहनु वेश हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याका कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईँले सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रिबाट प्राप्त हुने सहयोगले काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापारव्यवसाय र कामबाट सफलता मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईंले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईमा केही घमण्डका कारण तपाई आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्याउनु होला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारव्यवसायकाे कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउनेछ । अध्ययनअध्यापनका क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्ने छ ।

    तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तपाईंको मनमा निराशा छाउनसक्छ । चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईँमाथि अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भावना पनि छ ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । तपाईंको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्ने छ । छोटो यात्राले मनमा खुसी छाउने छ । सत्रुले समेत तपाईंको कार्य प्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुने छ ।  

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

    तपाईँलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईंलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईंलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

    मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईंका लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार, लेखन, र तपाईंले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    आजको दिन समय त्यति अनुकूल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दूरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकूल देखिँदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।  

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    व्यापारव्यवसायमा काम गर्नुहुने मीन राशी भएकाका लागि उत्तम रहेको छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईंले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology