Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बैंककै कर्मचारीको मिलेमतोमा ठगी धन्दा :योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्ने कुमारी बैंकका ४ कर्मचारी पक्राउ

बैंककै कर्मचारीको मिलेमतोमा ठगी धन्दा :योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्ने कुमारी बैंकका ४ कर्मचारी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • ०८:२१:४२ बजे
  • 634
    SHARES
  • बैंककै कर्मचारीको मिलेमतोमा ठगी धन्दा :योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्ने कुमारी बैंकका ४ कर्मचारी पक्राउ

    बैंककै कर्मचारीको मिलेमतोमा कतिसम्मको ठगी धन्दा चल्दोरहेछ भन्ने पछिल्लो उदाहरण हो, यो चाहीँ । चर्चित गायकको नामको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोडको कर्जा दिने बैंक हो, कुमारी बैंक ।

    images

    त्यसरी ठगी धन्दा चलाउने व्यक्ति को होला ? ठगी धन्दा चलाउने व्यक्ति पनि बैंककै कर्मचारी ! गायक योगेश्वर अमात्यले प्रहरीमा उजुरी हालेपछि बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को घेरामा रहेका उनीहरुमध्ये तीन जनालाई केही दिनअघि काठमाडौंबाट पक्राउ गरिएको थियो भने चौरसियालाई मंगलबार पक्राउ गरिएको छ ।

    सीआईबीका अनुसार गायक अमात्यको बारामा रहेको १२ बिगाहा जग्गाको कीर्ते कागजात बनाएर १९ करोड ठगी गरेको पाइएको छ । कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा ठगी धन्दा भएको फेला परेको छ ।

    गौतम र महर्जनले बिरुवा भूमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालिएको प्रमाण भेटिएको छ ।

    जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

    नक्कली कागजात बनाउन सफल भएपछि ऋण स्वीकृत गर्न कुमारी बैंकको केन्द्रीय कार्यालय नक्सालमा पत्राचार गरिएको भेटिएको छ भने केन्द्रीय बैंकले पनि सजिलै ऋण स्वीकृत गरिदिएको पनि अनुसन्धानमा प्रमाण फेला पारिएको छ ।

    आफूलाई थाहै नपाई भित्रभित्रै यस्तो ठगी धन्दा चलेको थाहा पाएपछि गायक अमात्यले आफ्नो जग्गा कीर्ते गरेर ऋण निकालेको भन्दै एक महिनाअघि प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि सीआईबीले यसबारे अनुसन्धान सुरू गरेको थियो।

  • सम्बन्धित विषय:

  • # बैंककै कर्मचारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology