Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हरियो तरकारीको भाउ अचाक्ली महँगो

हरियो तरकारीको भाउ अचाक्ली महँगो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • ०८:३२:३० बजे
  • 895
    SHARES
  • हरियो तरकारीको भाउ अचाक्ली महँगो

    दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ।

    images

    कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपैयाँ किलो पुगेको छ।

    साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ। कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला ९०,काँक्रो एक सय ४०,करेला एक सय २०,आलु ७१ रूपैयाँ किलोमा बिक्री भएको छ।

    कालीमाटीको तुलनामा उपभोक्ताले खरिद गर्ने खुला बजारमा अझै महँगो छ। तरकारी खुल्ला बजारमा किलोमै ५० रूपैयाँसम्म महँगो छ। खुल्ला बजारमा टमाटर एक सय ३० रूपैयाँ किलो पुगेको छ।

    त्यसैगरी,खुला बजारमा काउली एक सय ५०,बोडी एक सय ६०,भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौंला एक सय, काँक्रो एक सय ५०,करेला एक सय ३० रूपैयाँ किलोमा बिक्री भएको छ।

    तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ। तरकारी पाउकै ५० रूपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन्।

    होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तिनुपर्ने बाध्यता छ। तरकारीको खरिदनै महँगो भएकाले धेरै मूल्यमा बिक्री गर्नुपरेको ढुंगेधारका तरकारी व्यापारी राम सिलवालले बताए। ‘कालीमाटीमा नै तरकारी महँगो छ,’उनले भने,‘थोरै मार्जिन राखेर बिक्री गर्दा पनि भाउ धेरै हुन्छ।’

    उपभोक्ताले किन महँगो भनेर बारम्बार गर्ने प्रश्नको आँफूसँग जवाफ नभएको उनले बताए। ‘सबैले किन यतिधेरै महँगो भनेर सोध्नुहुन्छ,’सिलवालले भने,‘हामीले उत्पादन गर्ने होइन खरिदका आधारमा बिक्री गर्ने हो, के जवाफ दिनु१’ कालीमाटी फलफूल तथा तरकारी बजारका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनी अफ सिजन भएकाले तरकारीको भाउ महँगो भएको बताउँछन्।‘

    असोज, कात्तिकमा तरकारी कम उत्पादन भएकाले अफ सिजन हो,’ पुडासैनीले भने,‘उत्पादन कम भएपछि स्वतः मूल्य बढ्छ।’खुला बजारमा माग र आपूर्तिले मूल्य निर्धारण गर्ने भएकाले भाउ नियन्त्रण गर्न नसकिने सरकारी अधिकारी बताउँछन्।

    ‘उत्पादन वृद्धि हुँदासाथ स्वतः मूल्य घट्छ,’कार्यकारी निर्देशक पुडासैनीले भने,‘हामीले तरकारीको भाउ नियन्त्रण गर्न सक्दैनौं।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology