Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बस दुर्घटना १२ जना यात्रु घाइते, बसको पुरै भाग जलेर नष्ट

बस दुर्घटना १२ जना यात्रु घाइते, बसको पुरै भाग जलेर नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • ११:४९:२७ बजे
  • 655
    SHARES
  • बस दुर्घटना १२ जना यात्रु घाइते, बसको पुरै भाग जलेर नष्ट

    तुलसीपुर दाङ्गबाट बिराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।

    images

    बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

    सडकबाट तल खसेको बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताउनुभयो । उहाँले पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको भन्नुभयो । बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । 

    घाइते हुनेमा ७ जना महिला, ४ जना पुरुष र एक जना बालक रहेको प्रनि सुवेदी जानकारी दिनुभयो । घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा २ जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल रहेको छ ।

    बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ ।

    आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ । यता बसमा सवार तथा दर्घटनाबाट शकुसल रहेका यात्रुहरुले चालकको लापरवाहीले बस दुर्घटना भएको बताएका छन् ।

    यात्रुहरुले तीब्र गतिमा हिँडिरहेको बसले अर्को गाडीलाई ओभरटेक गर्न लाग्दा चालकले नियन्त्रण गर्न नसकेपछि बस दुर्घटना भएको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology