Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२२ वर्षीय युवकको हत्या आरोपमा ६ जना पक्राउ

२२ वर्षीय युवकको हत्या आरोपमा ६ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • १२:२८:४२ बजे
  • 1.0K
    SHARES
  • २२ वर्षीय युवकको हत्या आरोपमा ६ जना पक्राउ

    कैलालीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

    images

    लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

    प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार राति ६ जनाको समूह बडुवाललाई लखेट्दै चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    भुपेन्द्र र आर्यनबीच विगत लामो समयदेखि रिसइबी रहेको प्रहरीले जनाएको छ ।

    घटनाका बारे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सयुंक्त रुपमा अनुसन्धान गरिरहेको बिष्टको भनाइ छ ।

    मृतकका परिवार र आफन्तले हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology