Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चार्जमा राखिएको मोबाइल चलाउँदा करेन्ट लागेर एक युवकको मृत्यु

चार्जमा राखिएको मोबाइल चलाउँदा करेन्ट लागेर एक युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७८ बिहिवार • १७:०५:२९ बजे
  • 1.1K
    SHARES
  • चार्जमा राखिएको मोबाइल चलाउँदा करेन्ट लागेर एक युवकको मृत्यु

    तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुचुङमा चार्जमा राखिएको मोबाइल चलाउँदा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

    images

    बिहीबार (आज) विहान अचानक हाइभोल्टेज आउदा चार्जमा राखेर मोबाइल चलाइरहेका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका स्थानीयले बताएका छन् ।

    स्थानीयका अनुसार यस घटना बिहान करिब ४ बजेतिर भएपनि ७ बजेतिर मात्र थाहा भएको थियो । त्यस्तै सोही लाइनको करेन्ट लागेर मृतकका काका दलबहादुर राना र २४ वर्षीया गर्भवती महिला सोममाया थापा मगर पनि घाइते भएका छन् ।

    अहिले उनीहरुको जीपी कोइराला अस्पतालमा उपचार भइरहेको छ । पीडित पक्षले ग्रामीण विद्युतीकरण कार्यालयको लापरबाहीका कारण मगरले अकालमै ज्यान गुमाउनु परेको र क्षतिपूर्तिको माग गर्दै शव उठाएका छैनन् ।

    स्थानीयका अनुसार सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडा अध्यक्ष रामचन्द्र खनाल जिल्ला बाहिर रहेको र अर्का सञ्चालक देवलाल खनालसँग सामान्य छलफल भएपनि निष्कर्षमा पुग्न सकेको छैन ।

    त्यस्तै अस्पताल परिसरमा वडा नम्बर ५ का अध्यक्ष दीर्घबहादुर थापा, वडा नम्बर ११ का अध्यक्ष दलबहादुर थापा मगर, वडा सदस्य थमनसिं आले, पीडित पक्षलगायत स्थानीयहरु पीडितलाई उचित क्षतिपूर्ति दिलाउनका लागि छलफलमा जुटेका बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology