Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँने

मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७८ शुक्रवार • ०९:३५:२४ बजे
  • 790
    SHARES
  • मुग्लिन सडक एसियाली राजमार्ग मापदण्डको बनाइँने

    सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ ।

    images

    तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले जानकारी दिनुभयो ।

    रणनीतिक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । विस्तारका लागि राजमार्गको नागढुङ्गादेखि नौबिसेसम्म पहिलो खण्ड (१२ किलोमिटर), नौबिसेदेखि मलेखुसम्म दोस्रो खण्ड (४३ किलोमिटर) र मलेखुदेखि मुग्लिनसम्मलाई तेस्रो खण्ड (४० किलोमिटर)का रूपमा छुट्याइएको छ ।

    तीनवटै खण्डको कुल लम्बाइ ९५ किलोमिटर छ । विस्तारका लागि यस राजमार्ग खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न भई स्वीकृतसमेत भइसकेका छन् ।

    उहाँले सो राजमार्ग विस्तारका लागि बोलपत्र आह्वान गरिएकोमा आवेदन दिएका कम्पनीहरूको प्रिक्वालिफिकेसन छनोट प्रक्रियासमेत पूरा भइसकेको जानकारी दिनुभयो ।

    कम्पनीहरूले प्राविधिक प्रस्तावसहित आवेदन दिएका थिए । उहाँले भन्नुभयो, “प्रिक्वालिफिकेसन’को क्रममा प्राविधिक प्रस्तावमा समेत छनोट भएका कम्पनीसँग मागिएको आर्थिक प्रस्तावको अहिले मूल्याङ्कन कार्य भइरहेको छ ।”

    आर्थिक मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी काम सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो । यो सडक एसियाली राजमार्ग मापदण्डअनुसार सात मिटर ‘क्यारिज–वे’ र एकदेखि दुई दशमलव पाँच मिटरसम्म ‘सोल्जर’सहित विस्तार गर्न लागिएको हो ।

    याे खबर गाेरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # मुग्लिन सडक एसियाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology