तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट हिमाली साँस्कृतिक परिवारले गाउँमा एक घर एक फिल्टर प्रदान गरेको छ । परिवारले मध्य नेपाल नगरपालिका ८ डडुवा दुर्छा टोलमा ५० हजार बराबरको ३६ थान फिल्टर सहयोग गरेको हो ।
बुधवार एक कार्यक्रमबीच परिवारले करापु स्वास्थ्य चौकीलाई १ र ३५ घरधुरीलाई ‘एक घर एक फिल्टर’ सहयोग गरेको हो । यसै गरी परिवारले आपतकालिन राहात कोषका लागि ५ हजार ५ सय रुपैयाँ सहयोगसमेत हस्तान्तरण गरिएको थियो ।
सोही कोषमा परिवारका सक्रिय सदस्य सुमन गुरुङले १० हजार पनि प्रदान गरेको हो ।
आपतकालिक राहत कोषका संयोजक कर्ण गुरुङले परिवारले गरेको सहयोग सहानिय र प्रशशा योग्य रहेको बताएका छन । उनले आपतकालिन कोषमा जम्मा भएको रकमले गाउँमा टोलमा हुने आपतकालिन समयमा मलमको रुप्मा राहत हुने बताए ।
३५ घर धुरी परिवारलाई फिल्टर हस्तातरण गर्दै प्रमुख अतिथीसमेत रहेका स्वास्थ्यकर्मी आईत कुमारी गुरुङले सामाजिक कार्यले सकारात्मक सन्देश दिने बताउँदै फिल्टरको सही सदुपयोग गर्न स्थानीयबासीलाई सुझावसमेत दिइन ।
साँस्कृतिक परिवारका अध्यक्ष राजीव गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन परिवारका सचिव सोमबहादुर गुरुङले गरेका थिए ।