Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जनाद्वारा स्वास्थ्यलाभ

थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जनाद्वारा स्वास्थ्यलाभ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७८ शनिवार • १७:२१:५४ बजे
  • 739
    SHARES
  • थप १०९५ जनामा कोरोना पुष्टि, २९५७ जनाद्वारा स्वास्थ्यलाभ

    मुलुकभर पछिल्लो २४ घण्टामा एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८१७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १० हजार७८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ७४ हजार ६२९ पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ९५७ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५२ हजार १७०पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८१७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४६ लाख ४४ हजार ६२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology