श्रावण २९, २०७७ बिहिवार
•
२२:४७:२६ बजे
वडा प्रहरी कार्यालय रामबजारले पोखरा १० मिलन टोलबाट लाखौ रकम सहित १७ जनालाई प्रकाउ गरेका छन ।
बुधबार मिलनटोल बस्ने बर्ष ५० की ज्ञानु हमालको डेराकोठामा अबैध रुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले एकलाख दुई हजार चार सय नव्बे रुपैया नगद सहित १७ जनालाई पक्राउ गरेको हो ।
प्रकाउ पर्नेमा मझेरीपाटन घर भई हाल वडा नं।१० मिलनटोल बस्ने ज्ञानु हमाल, राधेश्याम भुजेल, मन बहादुर गुरुङ, हिम कुमारी गुरुङ,भु बहादुर गुरुङ, अस्मिता गुरुङ, बल बहादुर गुरुङ, ईन्द्रा राई , ईन्द्रा गुरुङ, केश कुमारी गुरुङ, राजलक्ष्मी राई, सुक कुमारी गुरुङ, सीता नेपाली, लिलमान थापा ,आर्बा बस्ने यम बहादुर गुरुङ , ढिकालेथर बस्ने बिनोद गुरुङ र जनप्रिय टोल बस्ने डम्बर बहादुर गुरुङलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन -७ (सात) म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।