Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घरेलु मदिरा नियन्त्रणमा सक्रिय बन्दै रामबजार प्रहरी , सयौ लिटर मदिरा नष्ट

घरेलु मदिरा नियन्त्रणमा सक्रिय बन्दै रामबजार प्रहरी , सयौ लिटर मदिरा नष्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७७ बिहिवार • २२:५९:४१ बजे
  • 1.7K
    SHARES
  • घरेलु मदिरा नियन्त्रणमा सक्रिय बन्दै रामबजार प्रहरी , सयौ लिटर मदिरा नष्ट
    वडा प्रहरी कार्यालय रामबजारले १० लिटर घरेलु मदिरा र ४ सय लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ फेला पारी नष्ट गरेको छ ।
    वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ मनकामनाटोल बस्ने टेकबहादुर गुरुङको घरबाट घरेलु मदिरा बनाउन तयारी अवस्थामा राखेको सय लिटर कोदो मर्चा र चिनाी मिसाएको कच्चा पदार्थ नष्ट गरेको छ ।
     
    यसै गरी पोखरा ११ फुलबारीस्थित चन्द्रकुमारी गुरुङको घरमा डेरा गरी बस्ने सुन्तली श्रेष्ठको डेराकोठाबाट १ सय ५० लिटर मदिराजन्य चिनी र मर्चा सहितको कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

    सोही ठाउँबाट राधिका थापामगरको डेराबाट पनि १ सय ५० लिटर मदिराजन्य कच्चा पदार्थ र १० लिटर तयारी मदिरा नष्ट गरेको वडा प्रहरी रामबजारले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology