Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुस्ताङमा हिमपहिरो जाँदा ९ जना घाइते

मुस्ताङमा हिमपहिरो जाँदा ९ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १६:५५:०१ बजे
  • 904
    SHARES
  • मुस्ताङमा हिमपहिरो जाँदा ९ जना घाइते

    मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीका अनुसार आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो । हिमपहिरो जाँदा भागदौड भएपछि ९ जना घाइते भएका छन् ।

    images

    हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

    हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको डीएसपी दानीले बताए ।

    नजिकै हिमपहिरो खसेपछि भागदौड भए पनि विद्यालयमा असर भने नपरेको प्रहरीको भनाई छ । घट्नाको थप विवरण भने आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # हिमपहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology