Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थप ३०६ जना संक्रमित, ६ जनाको मृत्यु

थप ३०६ जना संक्रमित, ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७८ आइतवार • १८:४३:४६ बजे
  • 1.2K
    SHARES
  • थप ३०६ जना संक्रमित, ६ जनाको मृत्यु

    नेपालमा आइतबार थप ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ८ हजार ८ पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र १ हजार ५ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ३ सय ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् ।

    हाल नेपालमा ७ हजार २ सय १५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology