Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेगनास युवा क्लब पोखराका अध्यक्ष राम रानाभाट लागु औषधसहित रौतहटमा पक्राउ

बेगनास युवा क्लब पोखराका अध्यक्ष राम रानाभाट लागु औषधसहित रौतहटमा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २९, २०७७ बिहिवार • २३:१६:२२ बजे
  • 1.9K
    SHARES
  • बेगनास युवा क्लब पोखराका अध्यक्ष राम रानाभाट लागु औषधसहित रौतहटमा पक्राउ
    बेगनास युवा क्लब पोखराका अध्यक्ष राम रानाभाट लागु औषधसहित रौतहटमा पक्राउ परेका छन् ।साउन २४ गते रौतहटको चन्द्रनिगाहपुर (चपुर) इलाका प्रहरी कार्यालयको टोलीले  सोही इलाकाबाट उनी सहित ३ जनालाई पक्राउ गरेको हो ।

    रौतहटका एसपी रवि खड्काले ३९ वर्षीय रानाभाट र अन्य २ युवा लागु औषधसहित पक्राउ परेको जानकारी दिए ।रानाभाटसहित पक्राउ पर्नेमा तनहुँ दुलेगौंडाका २८ वर्षीय महम्मद मुर्तुजा र बाराका २२ वर्षीय लालुदिन मियाँ खान छन् ।

    उनीहरुले प्रयोग गरेको इको स्पोर्टस गाडीमा जाँच गर्दा काेरेक्स नामक लागु औषध फेला परेको एसपी खड्काले जानकारी दिए ।उनीहरु तीनै जनाको १ हप्ताको म्याद थपेर उनीहरु लागु औषध प्रयोगकर्ता हुन् कि कारोबारी भन्ने कुराको अनुसन्धान अनसन्धान भइरहेको जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology