Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७८ सोमवार • ०८:३५:४२ बजे
  • 784
    SHARES
  • बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

    अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् ।

    images

    फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ ।

    ‘जेनतेन बच्चाहरू पालिरहेकी छु, महँगीले उनीहरूलाई बिहान–बेलुकी खुवाउनसमेत सकिरहेको छैन,’ फुलमाया भन्छिन्, ‘चिन्तैचिन्ताले राति निन्द्रा पनि लाग्दैन । महँगीले गर्दा हामीजस्ताले भोकै मर्ने अवस्था आउन लाग्यो ।’

    अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा फुलमायाको भन्दा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् ।

    दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन ।

    भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’ अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् ।

    दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासिएको छ । दुई साता नबित्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा मूल्यवृद्धि भएपछि सर्वसाधारण थप महँगीको पीडा खेप्न बाध्य छन् ।

    खाद्य तथा हरियो तरकारीको मूल्य छोइसक्नु वृद्धि भएको सर्वसाधारण बताउँछन् । कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेंडा प्रतिकेजी १ सय २०, बोडी १ सय ४०, घिउ मिसी १ सय २०, चमसुर साग १ सय ५०, भिन्डी १ सय १०, ब्रोकाउली १ सय २०, प्याज ७०, परवर सय र पालुंगो साग १ सय ५० रुपैयाँ छ ।

    दैनिक उपभोग्यमा चामल, आटा र मैदाबाहेक कुनै पनि वस्तु सयभन्दा कममा पाइँदैन । चिनी, गेंडागुडीमा आटा, मैदालगायत गत दसैंयता प्रतिकेजी ५ देखि १० रुपैयाँ वृद्धि भएको खुद्रा व्यवसायी संघ नेपालले जनाएको छ ।

    यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # चुलो बाल्नै सकस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology