Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

थप ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७८ सोमवार • १८:४३:१४ बजे
  • 1.6K
    SHARES
  • थप ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    नेपालमा सोमबार थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ७ हजार ५ सय ५४ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र ४ हजार ८ सय ४८ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ४ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप २ सय ७० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ५ सय ४४ जना कोरोनामुक्त भएका छन् ।

    हाल नेपालमा ७ हजार ३ सय ११ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology